सदस्य बीमा योजना हस्तान्तरण तथा जेसीज सप्ताह २०२४ समापन समारोह

2024-12-20

दमक जेसिजको जेसीज सप्ताह २०२४ अन्तर्गत सदस्य बीमा योजना हस्तान्तरण तथा जेसीज सप्ताह २०२४ समापन समारोह २३ मङ्सिर २०८१ आइतबारका दिन दमक उद्योग वाणिज्य सङ्घको हलमा सम्पन्न भएको छ। सदस्य बिना योजना अन्तर्गत दमक जेसिजका १०९ जना सदस्य हरूको बीमा गरिएको गरिएको थियो। दमक जेसिजका महासचिव जेसी सहदेव भट्टराई ज्यूको आर्थिक प्रायोजन मा उक्त बीमा गरिएको सदस्य बीमा योजना हस्तान्तरण कार्यक्रमका संयोजक जेसी राजेश नेपालले बताउनुभयो। दमक नगरपालिकाका नगर उपप्रमुख दमक जेसिजका पूर्व अध्यक्ष रेगिना भट्टराई प्रसाईँ ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। त्यसैगरी जेसिज सप्ताह समापन समारोहको संयोजक दमक जेसिजका Theme director जेसी राजेन्द्र बिमली रहनुभएको थियो। उपस्थित सम्पूर्ण सहभागीहरूलाई संयोजकले स्वागत गर्नुभएको थियो। जेसीज सप्ताह २०२४ का मूल संयोजक जेसी उमेश गजमेर ज्यूले सप्ताह कार्यक्रमका संयोजकज्यूहरूलाई परिचित गराउँदै मायाको चिनो समेत प्रदान गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र का नगर अध्यक्षज्यूहरूले जेसिजले  समुदायमा गरिएका सम्पूर्ण कार्यक्रम परिणाममुखी भएको चर्चा गर्नुभयो। अटिजम सम्बन्धी तालिम, child health awareness, Leadership and personality development, दुर्घटना न्यूनीकरण सचेतना लगायत का  उत्कृष्ट र परिणाममुखी  कार्यक्रमहरू सम्पन्न गर्नु समुदायका लागि राम्रो भएको वक्ताहरूले बताउनुभयो। नेपाल जेसिसका राष्ट्रिय तालिम आयुक्त जेसी सुयोग खरेल, दमक जेसिजका पूर्व अध्यक्ष सन्तोष अधिकारी लगायतले तालिमका माध्यमबाट युवाहरूलाई सकारात्मक सोच र नेतृत्व विकास गर्ने जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरूको संस्था भएको बताउनुभयो। दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंज्यूले युवाउद्यमी हरूलाई तालिमका माध्यमबाट अझ प्रशिक्षित बनाउनका निमित्त वाणिज्य सङ्घ जेसीज सँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा जेसीज सप्ताहमा सहकार्य गर्ने सम्पूर्ण संघसंस्थाहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। प्रमुख अतिथि रेगिना भट्टराई प्रसाई ज्यूले तालिमका माध्यमबाट युवाहरूलाई अझ अब्बल बनाउनका निमित्त दमक नगरपालिका सहकार्यका निम्ति तयार रहेको बताउनुभयो। दमक जेसिज का अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यूको सभापतित्वमा भएको उक्त कार्यक्रम मा, दमक जेसीजको सप्ताह २०२४ सम्पन्न गर्नु सहयोग गर्नुहुने सम्पूर्ण सङ्घसंस्थाहरूलाई तथा कार्यक्रम संयोजक तथा मूल संयोजकज्यू बोर्ड २०२४ र निमन्त्रणालाई स्वीकार गरेर पाल्नुहुने सम्पूर्णलाई धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

JCI News Archive