विराटनगर जेसीजद्वारा डा. महावीर पुन संगको अन्तरक्रिया तथा सहयोग कार्यक्रम सम्पन्न l

2025-05-02


विराटनगर, वैशाख ७ – राष्ट्रिय अनुसन्धान र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले विराटनगर जेसीजको आयोजनामा “अन्तरक्रिया तथा कोष सहयोग कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।

२०७२ वैशाख ७ गते, आइतबार (२०२५ अप्रिल २०) का दिन जेसी बाल सदन माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा राष्ट्रिय अनुसन्धान केन्द्रका प्रमुख डा. महावीर पुनज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

कार्यक्रममा अनुसन्धानप्रतिको सरोकार, युवाको भूमिका, र राष्ट्रिय निर्माणमा योगदानको विषयमा गहन अन्तरक्रिया गरिएको थियो। डा. पुनले आफ्नो दूरदर्शी दृष्टिकोण प्रस्तुत गर्दै सहभागीहरूलाई प्रेरित गर्नुभएको थियो।

विराटनगर जेसीजले डा. महावीर पुनज्यूप्रति विशेष धन्यवाद व्यक्त गर्दै राष्ट्रिय अनुसन्धानका क्षेत्रमा सहकार्यको प्रतिवद्धता व्यक्त गरेको छ।

JCI News Archive