बीरगंज जेसीज को " Effective Meeting Management & Parliamentary Procedure Training " मिती २०७७ चैत्र ०६ तदानुसार १९ मार्च, २०२१ शुक्रबार का दिन बीरगंज जेसीज वर्ष २०२१ को शाखा अध्यक्ष जेसी रंजन राउत ज्यु को सभापतीत्व मा होटेल भिस्वा, बीरगंज को सभाहल मा सम्पन भयो .
आजको यस Effective Meeting Management & Parliamentary Procedure Training को प्रमुख ट्रेनर बीरगंज जेसीज को पुर्ब अध्यक्ष, नेपाल जेसीज को पुर्ब राष्ट्रिय अध्यक्ष तथा बीरगंज जेसीज वर्ष २०२१ को प्रमुख अध्यक्ष सल्लाहकार सिनेटर प्रो. डा. दिपक शाक्यज्यु रहनु भएको थियो भने प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय महासचिव सिनेटर बिकाश मानन्धरज्यु रहनु भएको थियो .
आजको यस तालीममा बीरगंज जेसीज को पुर्ब अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय तालीम आयुक्त जेसी मनिष श्रेष्ठ ज्यु, बीरगंज जेसीज को पुर्ब अध्यक्षज्यहरु, बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी लगायत सदस्यज्युहरु को सहभागिता रहेको थियो .
आज प्रमुख अतिथी नेपाल जेसीज वर्ष २०२१ को राष्ट्रिय महासचिव सिनेटर बिकाश मानन्धरज्यु को जन्मदिन परेकोले केक काटेर जन्मदिन मनाइयो .