मर्स्याङदी समाचार, १६ माघ ।
लमजुङ सदरमुकाम बेसीशहरमा लागुऔषध दुव्यर्सन विरुद्धको सचेतनामुलक चलचित्र प्रदर्शन गरिएको छ । एन.अफ.आई क्रियसन प्रा.लि र लमजुङ जेसीसको सहकार्यमा सोमबार र मंगलबार दुई सम्म बेसीशहरको जिल्ला समन्वय समिति हलमा “सरि मम” नामक चलचित्रको विशेष प्रर्दशन भएको हो ।
सचेतनामुलक चलचित्रको पहिलो दिनको सोमवार पहिलो सोमा भुपु सैनिक आवसिय मावि र ल्याण्डस्टार अग्रेजी स्कुलमा अध्ययनरत विद्यार्थीहरु उपस्थिती थिए । भने दास्रो सो बुद्ध मेमोरीयल बोर्डिङ स्कुल र जनविकास मावि बेसीशहरका विद्यार्थीहरुलाई देखाइएको थियो ।
चलचित्र मार्फत विद्यालय जिवनमा विद्यार्थीहरुलाई क्षणिक रमाइलो, गलत संगतले आफ्नो जिवन अर्थहिन बन्ने, लागुपर्दाथको प्रयोगले आफ्रनो जिवन र पारिवारमा समेत कस्तो प्रभाव पर्छ र यसको दलदलबाट कसरी उम्कन सकिन्छ भन्ने वारेमा देखाइएको छ । युवाहरु कसरी कुलतमा फसिरहेका छन्, खराब संगत र गलतबाटो रोज्दा कस्तो समस्या भोग्नुपरेको छ भन्ने बारे चलचित्रमा चित्रण गरिएको छ ।
चलचित्रले पैसा र खराब साथि संगतबाट कुलतमा लागेर भविष्य विग्रनुका साथै गलत निर्णय गरि जिन्दगी विग्रने अवस्था आउन सक्ने कुराबाट विद्यार्थी जिवनबाट नै सचेत रहन र परिवारको महत्व जिवनमा अपरिहार्य हुन्छ भन्ने सन्देश दिन खोजेको चलचित्रका निर्माता विनोद लामाले बताउनुभयो ।
१ घण्टा ४५ मिनेटको उक्त चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाई, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी लगायतका कलाकारहरुको अभियान रहेको छ । नविन बोगटीको निर्देशनमा बनेको उक्त चलचित्रको निर्मातामा विनोद लामा, खेमराज अधिकारी र रोजिता तामाङ रहेका छन् ।
प्रथम सोको औपचारिक उद्घाटन बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले गर्नुभएको हो । उहाँले अभिभावकको लगानीलाई खेर जान नदिन आग्रह गर्दै अध्ययन सँगै जिवनमा पनि लगनशिल र अनुशासीत हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
लमजुङ जेसिस वर्ष २०२५ का अध्यक्ष प्रतिजङ तामाङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सहजिकरण कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले गर्नुभएको थियो । उक्त चलचित्रलाई गण्डकी प्रदेश भर अभियानका रुपमा प्रर्दशन गरिने निर्माता विनोद लामाले बताउनुभयो ।
सोमवार भएको दोस्रो सोमा बेसीशहरको बुद्ध मेमोरियल र जनविकास माविका विद्यार्थी सहभागि थिए भने मंगलवार युनिर्भसल एकेडेमी बेसीशहर र फ्युचर स्टार भोटेओडारका शिक्षक विद्यार्थी सहभागि थिए । दुई दिन चार वटा सो प्रदर्शन भएको उक्त चलचित्र १६ सय वढीले हेरेको चलचित्रका निर्माता विनोद लामाले बताउनुभयो ।