महिला सशक्तिकरणका लागि सरोकारवालाहरूको भूमिका

2026-03-29

कपिलवस्तु, चैत १४ (मार्च २८) — जेसीआई कपिलवस्तुले महिला सशक्तिकरण सम्बन्धी एक विशेष कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम कपिलवस्तुको होटल श्रीपेचमा आयोजना गरिएको थियो, जसमा करिब ६० जना सहभागीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल प्रहरी, पत्रकार तथा विभिन्न स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। विभिन्न सरोकारवालाबीच महिला सुरक्षा, अधिकार र सशक्तिकरणका विषयमा खुला छलफल तथा अनुभव आदान–प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बाणगंगा नगरपालिकाकी उपमेयर रीता चौधरीको उपस्थिति रहेको थियो। उहाँले महिलाहरूको सशक्तिकरणका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउँदै स्थानीय तहबाट पनि आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममार्फत महिला र सुरक्षासम्बन्धी निकायबीच समन्वय बढाउने, समस्या साझा गर्ने तथा समाधानका उपाय खोज्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। जेसीआई कपिलवस्तुले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिएको छ।

JCI News Archive