पारिवारिक पिकनिक कार्यक्रम ।

2021-03-15

मिति २०७७/११/२९ गते शनिबारका दिन जेसीआई सिद्धार्थ लेडी,नेपाल द्वारा आयोजित " पारिवारिक पिकनिक कार्यक्रम "
वर्ष २०२१ का अध्यक्ष जेसी रिमा न्यौपाने ज्यु को अध्यक्षतामा बुटवल स्थित हिल पार्कमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रमका कार्यक्रम संयोजक जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी विष्णु पाण्डे ज्यु रहनुभएको थियो ।
हप्ताको एक दिन बिदाको समयमा पनि आफ्नो व्यक्तिगत समयलाई भन्दा लेडी जेसीज को कार्यक्रम लाई महत्त्व दिनुभएर कार्यक्रमलाई थप उर्जा प्रदान गर्दै मनोरञ्जनका साथ सम्पन्न गर्नुभएका जेसीआई सिद्धार्थ लेडीका आदरणीय पुर्व अध्यक्ष ज्युहरु , वर्तमान सल्लाहकार ज्युहरु, बोर्डका पदाधिकारी ज्युहरु , साधारण सदस्य ज्युहरु , साना साना नानिबाबुहरु साथै उपस्थित सम्पुर्ण जेसी एवं ननजेसी साथिहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ ।
उपस्थित सम्पूर्ण व्यक्तित्व ज्युहरुको अमुल्य साथ र सहयोगको लागि अध्यक्ष ज्यु लगाएत सम्पुर्ण जेसीआई सिद्धार्थ लेडी नेपाल परिवार हार्दिक आभार प्रकट गर्दछौ ????धन्यवाद , जय जेसीज ????

JCI News Archive