कोरोना सम्बन्धी जनचेतनामुलक पठन सामाग्री वितरण कार्यक्रम
आज मिति २०७६ साल चैत्र १० गते सोमबारका दिन बेलबारी जेसिजले विश्वमा महामारीको रुप लिईरहेको कोरोना भाईरसबाट बच्नका लागि बेलबारीका ११ वटै वडामा सन्देशमूलक पठन सामाग्री बितरण गरेको छ । बेलबारीबाट प्रकासन हुने एकमात्र राष्ट्रिय दैनिक “बेतना दैनिक” सँगको सहकार्यमा तयार पारिएको पठन सामाग्री सोमबार बिहान बेलबारी १ मा आयोजित एक कार्यक्रममा बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले बेलबारी १ का गोबिन्द अधिकारीलाई पठन सामाग्री हस्तान्तरण गर्दै कार्यक्रमको उदघाटन गरेका थिए । यसअघि पनि बेलबारी जेसिजले माक्स बितरण, पर्चा बितरण लगायत कोरोना सँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो ।