जेसीआई गोलबजारको पहिलो बोर्ड बैठक सम्पन्

2026-02-21
जेसीआई गोलबजारको पहिलो बोर्ड बैठक सम्पन्न: वार्षिक कार्ययोजना र होली कार्यक्रममा छलफल

गोलबजार, २१ फागुन (२०८२) – जेसीआई (JCI) गोलबजार को २०२६ कार्यकालको पहिलो बोर्ड बैठक आज अध्यक्ष जेसी राहुल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा आगामी वार्षिक कार्ययोजना, केकस कार्यक्रम तथा आगामी होली पर्वको विशेष कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो।

गोलबजारस्थित AFC Hotel मा आयोजित बैठकमा नवनिर्वाचित कार्यसमितिका सबै पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकको सुरुवात जेसीआईको उद्देश्य र लक्ष्यहरूको संयुक्त पाठसँगै गरिएको थियो।
JCI News Archive