धुलाबारी जेसीजले गर्यो सारेगमाप लिटल चेम्पस 1st Runner-up रोशा फुयाललाई सम्मान

2022-02-19

१९ फ्रेबुअरी शनिबारका दिन धुलाबारी जेसीज तथा धुलाबारी जुनियर जेसीजको सयुक्त आयोजनामा सारेगामाप लिटल चेम्पस नेपाल फस्ट रनरअप बिजेता साथै धुलाबारी जुनियर जेसीजकी सदस्य जु जेसी रोशा फुयाल लाई सम्मान कार्यक्रमको आय्योजना गरी सम्मान गरेको छ | धुलाबारी जेसीजका उपाध्यक्ष जेसी उत्सव उप्रेती को सयोजकत्वमा आयोजित सम्मान कार्यक्रमको अध्यक्षता धुलाबारी जेसीजका अध्यक्ष जेसी रबिन्द्र पाठक ज्यू ले अध्यक्षता गर्नुभएको थियो | मेचीनगर नगरपालिका वडा नम्बर १० अध्यक्ष साथै नेपाली कांग्रेस नगर सभापती श्री शुबेस कुमार पनेरु प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी राजिब प्रसाई, धुलाबारी जेसीजका पुर्व अध्यक्ष ज्युहरु, बोर्डका पदाधिकारी ज्युहरु, जुनियर जेसीजका बोर्ड का पदाधिकारी ज्युहरुको उपस्थीती रहेको थियो | धुलाबारी जुनियर जेसीजका अध्यक्ष जु जेसी सचेत घिमिरेले कार्यक्रम को औचित्यता माथि प्रकास पारेका थिए भने कार्यक्रम सचालन धुलाबारी जेसीजका महासचिव जेसी योगेश राजबशीले गर्नुभएको थियो |

JCI News Archive