शारदानगर जेसिज द्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न ।
मिति २०८१/१२/१४गते तदनुसार 27March 2025विहिबारको दिन श्री सिद्वी गणेश मन्दिर शरणपुर मा पितृ उद्वार सौराट ज्ञान महायज्ञमा २बर्षको अखण्ड कृतन भैरहेको छ उक्त मन्दिरमा खाद्यान्नको समस्या रहेकोे जानकारी भएकोले शारदानगर जेसिज द्वारा आयोजित जन्म दिनको उपलक्ष्यमा खाद्यान्न वितरण कार्यक्रम "शाखाका अध्यक्ष जेसि लक्ष्मी केसि ज्युको सभाअध्यक्षता एवं प्रमुख अतिथिमा कृतन शिरोमणि शान्ति स्वरुपानन्द ज्युको प्रमुख आतिथ्यतामा सप्पन्न भएको थियो ।विशिस्ट अतिथि श्री कमल सुवेदी (समाजसेवी ब्याक्तित्व )र श्री राजु केसी (समाजसेवी ब्याक्तित्व ) अतिथीज्यु हरुमा मन्दिरका उपाध्यक्ष गोविन्द अधिकारी ज्यु अतिथी सस्थाका कोषाध्यक्ष ऋषिराम गौतम ज्यु, अतिथीज्यु हरुमा प्रेम कंडेल ज्यु र मन्दिरमा विभिन्न पदमा रहनु भएका प्रतिनिधि ज्युहरु र शारदानगर जेसिजका बोर्डका पदाधिकारी ज्युहरु ज्युहरुको गरिमामय उपस्थितिमा रहेको थियो ।उक्त कार्यक्रम सम्योजक जेसि अनिता श्रेष्ठ ज्युले गर्नुभएको थियो भने ।उक्त कार्यक्रम शारदानगर जेसिजका अध्यक्ष जेसि लक्ष्मी केसी ज्युको प्रथम पुरुष श्री राजु के सि ज्युको जन्मदिनको उपलक्ष्यमा खाद्यान्न सहयोग हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको थियो ।