“प्रश्न तपाईँको–जवाफ उम्मेदवारको” प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद (ककस) सम्पन्न

2026-01-30

प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूलाई एउटै मञ्चमा ल्याई नागरिक तथा प्रतिनिधि सभा सदस्यहरूसँग प्रत्यक्ष प्रश्न–उत्तरमार्फत संवाद गराउने, उम्मेदवारहरूको दृष्टिकोण, नीति, योजना र प्रतिबद्धता सार्वजनिक गर्ने तथा जिम्मेवार र सूचित मतदानमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

म्याग्दी जेसीजको आयोजनामा सम्पन्न “प्रश्न तपाईँको–जवाफ उम्मेदवारको” कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको सक्रिय उपस्थिति रह्यो भने नागरिक, युवाहरू, समाजसेवी, बुद्धिजीवी तथा जेसीज सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रममा सहभागीहरूले उम्मेदवारहरूलाई विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी, युवा सशक्तीकरण लगायत समसामयिक विषयहरूमा प्रश्नहरू सोधेका थिए। उम्मेदवारहरूले ती प्रश्नहरूको स्पष्ट, जिम्मेवार र प्रतिबद्धतापूर्ण जवाफ प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण उम्मेदवारज्यूहरू, उपस्थित नागरिकहरू, स्वयंसेवकहरू, मिडिया प्रतिनिधिहरू तथा म्याग्दी जेसीज परिवारप्रति आयोजक संस्था म्याग्दी जेसीज हार्दिक धन्यवाद व्यक्त गर्दछ।


JCI News Archive