आज नाल्दुम नगरकोट जेसीजको आयोजनामा काभ्रे बनेपा स्थीत बौद्ध वृद्धाश्रम बनेपाका वृद्ध-वृद्धाहरुलाई समुदायमा जेसीज कार्यक्रम अन्तर्गत खाध्यान्न तथा न्यानो कपडा वितरण गरीयो।
नाल्दुम नगरकोट जेसीज वर्ष 2020 का अध्यछ्य जेसी सजना श्रेष्ठ कर्माचार्य का अनुसार मानवताको सेवानै जीवनको सर्वोत्तम कार्य हो भन्ने मर्मलाई आत्म साथ गर्दै घरबाट निकालिएका तथा एकल जीवन व्यतित गर्न वाध्य भएका आमा-बुवाहरुको जीन्दगीमा यस सहयोगले अलि कति मात्र भए पनि खुसी र सहजता ल्याउने धारणा राख्नुभयो । साथै आउदा दिनहरुमा नाल्दुम नगरकोट जेसीज मार्फत यसरीनै समुदायमा आवश्यक सहयोग गर्दै जाने विचार पनि व्यक्त गर्नुभयो।