होली मिलन कार्यक्रम तथा घैटाफोड प्रत्योगिता

2026-03-04

त्रिभुवननगर जेसीज द्वारा होली मिलन तथा घैँटाफोड प्रतियोगिता सम्पन्न

त्रिभुवननगर, फागुन १९ — त्रिभुवननगर जेसीज को आयोजनामा आज मिति २०८२ साल फागुन १९ गते मङ्गलबार होली मिलन कार्यक्रम तथा घैँटाफोड प्रतियोगिता सम्पन्न भएको छ। वर्ष २०२६ का शाखा अध्यक्ष जेसी मिनराज भाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा त्रिभुवननगर जेसीजका पूर्व अध्यक्षहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जेसी खेमराज भण्डारीले आस्थापाठ गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी तेजकुमार बोहराले व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव बाबुराम पाण्डेले गर्नुभएको थियो।

उक्त कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो 

JCI News Archive