जेसीजद्वारा सात लाख बढीको खाद्य सामग्री सहयोग
घोराही उपमहानगरपालिका वडा न १३,१४,१५ र १६ का १७ स्थानमा अति बिपन्न परिवारलाई चामल,दाल,नुन,तेल,बेसार र हातधुनलाई साबुन सहयोग गरेको त्रिभुवननगर जेसीकाका महासचिव मिनराज भाटले जानकारी दिएका छन ।
उनका अनुसार जेसीजले घोराही उपमहानगरपालिकाको समन्वयमा तीन लाख ५७ हजार ६ सय मुल्यको ७ हजार ४ सय ५० केजी चामल, दुई लाख १७ हजार ८ सय मुल्यको १ हजार ८ सय १५ किलो दाल,एक लाख २१ हजार मुल्यको ६ सय ५ लिटर खाने तेल,२४ हजार दुई सय मुल्यको १ हजार दुई सय १० प्याकेज साबुन, १२ हजार एक सय मुल्यको ६ सय ५ किलो नुन र १२ हजार एक सय मुल्यको ६ सय ६ किलो बेसार अति बिपन्न परिवारलाई विभिन्न गरेको बताए जनप्रतिनिधिको सहयोगमा घोराही उपमहानगरपालिका वडा न १३ का दुर्गा भवानी टोल बिकास सस्था र मौलाकोट जेसीजग्राम टोल, १४ को खगेन्द्र नवजीवन केन्द्र झिग्रौरा,खोलीगाउँ टोल र जागृत टोल, घोराही-१५ का सिर्जना टोल,नमूना टोल,गोरक्ष टोल, नयाँ गोरक्ष टोल,एकता टोल,थारु गल्ली टोल,झोलुङ्गे पुल टोल र भीमसेन टोल र घोराही-१६ को विविध टोलमा जेसीजले खाद्यान्न सामग्री सहयोग गरेको त्रिभुवननगर जेसीजका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिएका छ्न । त्यसै गरि अन्य समस्यामा परेका ब्यक्तिहरुलाई समेत सहयोग गरेको जेसीजले जनाएको छ ।