जेसिजको खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न!

2025-02-19

युवा हरु को ब्यक्तित्व र नेतृत्व बिकास मा क्रियाशिल  म्याग्दी जेसीज द्वारा आज मिति २०८१ फागुन ७ गते तदनुसार 19 february 2025 का दिन प्रजातन्त्र दिवस को अवशर मा जिल्ला कारागार म्याग्दी मा खेलकुद सामग्री हस्तान्तरण  कार्यक्रम समपन्न गरिएको छ।                                बेनी नगरपालिका वडा नं. २ खवरामा रहेको जिल्ला कारागार म्याग्दी मा  विभिन्न कारण ले जेल जीवन विताईरहेका ब्यक्तिहरु को स्वास्थ र तन्दुरुस्त हुनुका साथै दिर्घकालीन रोगहरु जस्तै मधुमेह ,क्यान्सर ,हृदय रोग,डिप्रेसन,चिन्ता र तनाव बाट बच्न र फोक्सो को कार्यक्षमता सुधार गर्न मद्दत गर्न सक्छ ।खेलकुद ले रक्तचाप को स्तर लाई नियन्त्रण गर्न मद्दत गर्दछ साथै मुडमा सुधार गर्दछ सकरात्मक सोच बिचार को बिकास हुनेहुँदा प्रत्येक बर्ष म्याग्दी जेसीजले जिल्ला कारागार म्याग्दी मा खेलकुद सामाग्री बितरण गर्दै आएको छ।

म्याग्दी जेसीज का शाखा अध्यक्ष जेसी बिनोद घर्ती को अध्यक्षता, नेपाल जेसीज का राष्ट्रिय  उपाध्यक्ष जेसी सन्दिप खत्री को प्रमुख आथित्यता , म्याग्दी जेसीज का पुर्व अध्यक्ष जेसि खम थापा मगर को बिशिस्ट आतिथ्य ता , निवर्तमान अध्यक्ष सिनेटर दिनेश बानिया ,जिल्ला कारागार म्याग्दी का प्रहरी साहयक निरक्षक दिपक चौधरी लगायत म्याग्दी जेसीजका पधाधिकारीहरु र सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।कार्यक्रम को संयोजन का साथै कार्यक्रम संचालन  म्याग्दी जेसीज का साधरण सदस्य जेसी दिनेश खत्री  गरेका थिए।

JCI News Archive