पर्वत जेसीजका उपाध्यक्ष जेसी सपना पौडेलको शुभ विवाह समारोह अविस्मरणीय बन्यो। नवदम्पतीलाई धेरै धेरै बधाई तथा वैवाहिक जीवनको सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना!
तपाईंहरूको नयाँ यात्रा प्रेम, विश्वास, र समझदारीले भरिपूर्ण रहोस्। पारिवारिक सुख, आपसी समझदारी, र जीवनभरको साथ मिलिरहोस्। जीवनको यो नयाँ अध्याय हर्षोल्लास, सफलताको उज्यालो, र अमूल्य सम्झनाहरूले सजियोस्। यस अवसरमा पर्वत जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष जेसी अच्यूत पौडेल, निवर्तमान अध्यक्ष जेसी मिलन पौडेल, पूर्व अध्यक्ष एवम् बोर्ड अफ ट्रस्टिजका समंयोजक सिनेटर विषम कुमार श्रेष्ठ, महासचिव जेसी प्रवेश राज पुरी, सह-कोषाध्यक्ष जेसी विजन कुमार श्रेष्ठ, निर्देशक जेसी अजय पोखरेललगाएतको उपस्थितिमा नवदम्पतीलाई शुभकामना प्रदान गर्दछौं ।