अर्जुनधारा, चैत ९ गते । काेराेना भाईरस बाट सचेत रहन अर्जुनधारा जेसिजले अर्जुनधारा ६ स्थित अपाङ्ग बाल सरोकार केन्द्र कप्तानबारीमा अध्ययनरत विध्यार्थीहरू लक्षित गरी कार्यक्रम अायाेजना गरेकाे थियाे । उक्त केन्द्रका विध्यार्थीहरूलाइ काेराेनाकाे बिषयमा र बच्ने उपायबारे जानकारी दिइएकाे थियाे । साथै हरेक विध्यार्थी लाइ एक–एक वटा साबन र सेनिटाइजर वितरण गरिउकाे थियाे ।