धरान । धरान जेसीजद्वारा आयोजना गरिएको निःशुल्क सुगर तथा प्रेसर चेकअप कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा जम्मा ६५ जनाले स्वास्थ्य सेवा लिई लाभान्वित हुनुभएको थियो।
उक्त कार्यक्रम धरान सिटी हस्पिटल को विशेष सहयोग तथा वडा नं. १ को आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. १ का जनप्रतिनिधि उज्वाल बस्तोला ज्यू, धरान सिटी हस्पिटलका म्यानेजिङ डाइरेक्टर विवेक कुमार साह ज्यू तथा धरान जेसीज २०२६ का पदाधिकारीहरू एवं वडा नं. १ का अग्रज व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम समयोजक शाखा सम्पादक राजु श्रेष्ठ र कारेक्रम सन्चालन महासचिव रिमा थापा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य धरान जेसीज सदस्य तथा वडा नं. १ निवासी सुशील चौधरीले व्यक्त गर्नुभएको थियो। साथै, जेसीज आस्था पाठ जेसी श्रद्धा श्रेष्ठले प्रस्तुत गर्नुभएको थीयो।कारेक्रम सभापति धरान जेसि २०२६ अध्यक्ष ले गर्नु भएको थीयो ।वडा नं. १ कार्यालय परिसरमा सम्पन्न भएको यस कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ। समुदायलाई केन्द्रमा राख्दै धरान जेसीजले प्रत्येक महिना सञ्चालन गर्दै आएको स्वास्थ्य शिविरले “स्वस्थ धरान” निर्माण गर्ने लक्ष्य लिएको छ। यस अभियानमार्फत धरानलाई स्वास्थ्यको हबका रूपमा विकास गर्ने उद्देश्य समेत अघि सारिएको छ।
धराने जनता र जेसीजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो भन्ने सन्देशलाई आत्मसात् गर्दै कार्यक्रमहरू निरन्तर अगाडि बढाइने आयोजकले जनाएको छ।