JCI BIRATA LADY'S WELCOMING ASSIGN VP PROGRAM

2022-03-31

वीरता लेडी जेसीजकाे 

निरूपित राष्ट्रिय उपाध्यक्ष साँवालाइ स्वागत कार्यक्रम

नेपाल जेसीजका सन् २०२२ का निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवाले आफ्नो शाखा भ्रमणका क्रममा वीरता लेडी जेसीजको भ्रमण गरेका छन् ।

वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक संगीता गिरीले स्वागत गरेकी थिइन् । वीरता लेडी जेसीजकी तालिम संयोजक श्रेयसी चौधरीले आस्था वाचन गरेको कार्यक्रममा शाखा सम्पादक लानीमाया तामाङले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।


कार्यक्रममा वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्षहरु सुष्मा पौडेल, राधा सुव्वालगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले सन् २०२२ का लागि आफूले अध्यक्षको जिम्मेवारी सम्हालेपछि हालसम्म गरेका कार्यक्रमका बारेमा जानकारी गराउनुका साथै आगामी योजनाका बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रममा वीरता लेडी जेसीजका विभिन्न संयोजकहरुले आ–आफना संयोजकत्वमा भएका कार्यक्रम तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।


कार्यक्रममा नेपाल जेसीजका सन् २०२२ का निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवाले वीरता लेडी जेसीजले गरेका कार्यहरुको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।

JCI News Archive