गीतानगर जेसीजले आज भरतपुर १२मा रहेको आमाको माया छात्रावासलाई बिहानको खाना खुवाएको छ।
आमाको माया छात्रावासकी अध्यक्ष कृष्णकुमारी गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
सो खाना खुवाउने कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरिले आमाको माया छात्रावासलाई सम्झिएर खाना खुवाउन आउनु भएकोमा गीतानगर जेसीज परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग गर्न आउनेमा आफू ढुक्क रहेको बताउनुभयो। त्यस्तै कार्यक्रम बोल्दै कार्यक्रममा अध्यक्ष गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्दै यसरी छात्रावासमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि गीतानगर जेसीजको तर्फबाट सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो।
उक्त खाना खुवाउने कार्यक्रममा गीतानगर जेसीज बर्ष २०२०का अध्यक्ष जेसी युवराज अधिकारी अतिथी रहनु भएको सो कार्यक्रममा कार्यक्रम संयोजक गीतानगर जेसीज बर्ष २०२१का उपाध्यक्ष रविन देवकोटाले स्वागत मन्तव्य राख्नु भएको थियोे भने उक्त कार्यक्रमलाई गीतानगर जेसीज बर्ष २०२१का महासचिव प्रवीण पोख्रेलले संन्चालन गर्नुभएको थियो।