त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत दोस्रो दिन “वित्त क्षेत्रमा भावी नेतृत्व विषयक तालिम” #Future_Leaders_in_Finance सम्पन्न

2025-09-02

त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत दोस्रो दिन “वित्त क्षेत्रमा भावी नेतृत्व विषयक तालिम” #Future_Leaders_in_Finance २०८२ भाद्र १७ गते मङ्गलबार घोराही स्थित मार्क इन्टरनेशनल कलेजमा सम्पन्न भएको छ। त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र प्रमुख प्रशिक्षक सि.ए. कैलाश खत्री रहनुभएको थियो । कार्यक्रममा समग्र जेसीज र ट्रेनिङ्ग म्याराथन सन्दर्भमा सम्बोधन पूर्व अध्यक्ष दिपक शर्मा, सान्दर्भिक मन्तव्य क्याम्पस प्रमुख लालमणि बसेल र प्रमुख अतिथिय सम्बोधन नरुलाल चौधरीले राख्नुभएको थियो । जेसी गणेश वलीको आस्थापाठ अगुवाई, जेसी महेश बस्नेतको मिसन भिजन वाचन, कार्यक्रम संयोजक विवेक देवकोटको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।

JCI News Archive