LOM OFFICERS AND PRE-INDUCTION TRAINING I JCI Dhapasi

2024-02-14

धापासी जेसीजले बर्ष २०२४ का सम्पूर्ण पदाधिकारीहरु, सदस्यहरु तथा धापासी जेसीज बारेमा इच्छुक एवं यसमा जोडिनका लागि इच्छा ब्यक्त गर्नुहुने सबैको उपस्थितिमा मिति २०८० साल माघ २५ गते बिहीवार तदनुसार फेब्रअरी ८, २०२४ तारिखका दिन जेसी बिपुल घिमिरेको कार्यक्रम संयोजकत्वमा युटर्न प्रा. लि. को हलमा 'LOM OFFICERS AND PRE-INDUCTION TRAINING" सम्पन्न गरियो । कार्यक्रममा धापासी जेसीजका संस्थापक जेसीआई सिनेटर प्रकाश घिमिरेले प्रशिक्षण दिनुभएको थियो भने सो कार्यक्रमको अध्यक्षता जेसी सुरज अधिकारीले गर्नुभएको थियो ।


जेसीआई सिनेटर प्रकाश घिमिरेले धापासी जेसीजको शुरुवात तथा इतिहास, नेपाल जेसीज र जेसीआई को परिचय दिँदै जेसीजको महत्व र यसको अर्पहारिता बारेमा चर्चा गर्नुका साथै विभिन्न पदमा आसिन भइसकेपछि पदाधिकारीहरुले निभाउनुपर्ने काम, कर्तब्य र अधिकार सम्बन्धमा पनि प्रष्ट पार्नुभएको थियो।


JCI News Archive