जेसीआई सिद्धार्थ लेडी, नेपाल का अध्यक्ष जेसी रिमा न्यौपाने ज्यू को सभापतित्वमा १११औं अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसको उपलक्ष्यमा महिला हिंसा विरूद्ध सुरक्षा र सम्मानका लागी १ दिने विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सिद्धार्थनगर नगरपालिका का उप प्रमुख श्रीमती उमा काफ्ले ज्यू को प्रमुख आतिथ्यतामा लक्ष्मी नारायण मन्दिर ओमसतिया, पड्सरीमा सम्पन्न गरीयो । सो कार्यक्रमका कार्यक्रम संयोजक जेसी अम्बिका घिमीरे ज्यू को स्वागत मन्तव्य एवम् जेसी कृष्णा दाहाल ज्यू ले कार्यक्रम संचालन गर्नु भएको थियो भने जेसी विष्णु पाण्डेय ज्यू ले आस्था पाठ वाचन गर्नु भएको थियो भने सो अन्तरक्रिया कार्यक्रममा महिला हिंसा बारेमा क़ानूनी जानकारी रूपन्देही जिल्ला अदालतका वरिष्ठ अधिवक्ता श्रीमान् शिव प्रसाद गौडेल ज्यू ले प्रमुख वक्ताको रूपमा सो कार्यक्रममा उपस्थित महिलाहरूको जिज्ञासा शान्त पार्नु भएको थियो। सो कार्यक्रममा शाखाका पूर्व अध्यक्ष ज्यू हरू , संचालक समितिका सदस्य ज्यू हरू र साधारण सदस्य ज्यू हरूको उल्लेख्य उपस्थिति रहेको थियो।