बाहुण्डागी जेसीजद्वारा नेतृत्व बिकास तालिम सम्पन्न

2026-04-25

बाहुण्डागी । बाहुण्डाँगी जेसीजको आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। नेपाल जेसीजले अप्रिल महिनामा दिएको सर्कुलर अनुसार शाखाका पदाधिकारीहरूलाई अनिवार्य रूपमा तालिम प्रदान गर्नुपर्ने व्यवस्था अन्तर्गत आज बाहुण्डाँगी जेसीजको सचिवालयमा उक्त तालिम आयोजना गरिएको हो।

तालिममा बाहुण्डाँगी जेसीज वर्ष २०२३ का अध्यक्ष केवल निरौलाले सहजीकरण गर्नुभएको थियो। कार्यक्रम बाहुण्डाँगी जेसीज वर्ष २०२६ का अध्यक्ष निकेश राज दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख आतिथ्यता बाहुण्डाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा नेपाल जेसीज २०२६ का राष्ट्रिय उपाध्यक्ष देबु बनियाँले गर्नुभएको थियो।

कार्यक्रममा   बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चाम्लागाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम सम्योजक एलिस पौडेलले स्वागत गरेको कार्यक्रमको आस्थापाठ कार्यक्रम सम्योजक रिना दर्जी, मिसन भिजन कोषाध्यक्ष सुष्मा मिश्र तथा  सञ्चालन महासचिव न्यूटन कार्कीले गर्नुभएको थियो।

JCI News Archive

Whoops, looks like something went wrong.