शुक्लागण्डकी जेसीजको पद हस्तान्तरण

2021-01-30
दुलेगौंडा, २५ पुष । शुक्लागण्डकी जेसीजको १९ औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार दुलेगौंडामा एक कार्यक्रमकाबीच वर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठले वर्ष २०२१ का अध्यक्ष कृष्ण बहादुर श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका हुन् । श्रेष्ठ हालै वर्ष २०२१ को लागि अध्यक्षमा निर्वाचित भएका थिए । सो अवसरमा बोल्दै जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीज अन्तरनिहित क्षमताको विकास गर्ने थलो भएको बताए । यो एउटा तालिम विश्वविद्यालय जस्तै हो, उनले भने, अनुशासनसँगै क्षमता विकास गरि आफूलाई नेतृत्वमा पु¥याउन सहयोग गर्छ । एक वर्ष एक कार्यकाल जेसिजको पद्धतीले नेपालका राजनितिक दललाई समेत पाठ सिकाउनुपर्नेमा उनले जोड दिए । उनले जेसीजको नेतृत्व गरेका व्यक्तिहरुले संसदीय प्रणालीबारे नेताहरुलाई समेत प्रशिक्षण दिने गरेको स्मरण गरे । उनले जेसीजले विधी र पद्धतीलाई सबैले मान्नुपर्ने उल्लेख गरे । संसदमा एक पटक निर्वाचित भएर आएका व्यक्तिहरुले पुरै कार्यकाल काम गर्नुपर्ने बताए । बीचमै संसद विघटन गरि चुनाव गर्नु राज्यलाई ठूलो आर्थिक भार पर्ने भएकाले आफूहरु यसको विपक्षीमा रहेको प्रष्ट पारे । यसका लागि आवश्यक परे जेसीज सडकमा उत्रने चेतावनी दिए । पुर्व राष्ट्रिय अध्यक्ष जगत पोख्रेलले कोभिड १९ का बावजुदपनि शुक्लागण्डकी जेसीजले उदाहरणीय कार्य गरेको उल्लेख गरे । नेपाली काँग्रेसका जिल्ला सदस्य भक्तबहादुर श्रेष्ठ, नेकपा शुक्लागण्डकीका अध्यक्ष मुक्तिनाथ तिम्सेना, नेपाली काँग्रेसका नगर सभापति माधव भट्टराईले जेसिसको एक बर्ष एक पद एक ब्यक्तिको नीति नेपाली राजतिज्ञहरुले सिक्नुपर्नेमा जोड दिएका थिए । लायन्स क्लब अफ ३२५ बी वान नेपालका डिस्ट्रिक एडभाईजर सन्तोष घिमिरे, नारायणगढ जेसीजका अध्यक्ष बासुदेव दवाडी लगायतले बोलेका थिए
JCI News Archive