माघे संक्रान्तिमा नारायणगढ जेसीजद्वारा देवघाटधाममा निःशुल्क चिया तथा प्रसाद वितरण

2026-02-08

माघे संक्रान्ति पर्वको अवसरमा नारायणगढ जेसीज वर्ष २०२६ को पहिलो कार्यक्रमका रूपमा देवघाटधाम परिसरमा निःशुल्क चिया तथा प्रसाद वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। “मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले भक्तजन तथा तीर्थालुहरूलाई न्यानो आतिथ्य प्रदान गरेको छ।

चिसो मौसमलाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा करिब ४,००० कपभन्दा बढी चिया वितरण गरिएको थियो। साथै, ५० केजी तरुल, सखरखण्ड तथा ४ कार्टुन बिस्कुट देवघाटधाम आएका भक्तजन तथा तीर्थालुहरूलाई निःशुल्क रूपमा प्रदान गरिएको थियो।

कार्यक्रम नारायणगढ जेसीजका अध्यक्ष सिनेटर सन्तोष पण्डितज्यूको नेतृत्व तथा मार्गदर्शनमा सम्पन्न भएको हो। कार्यक्रम संयोजकको रूपमा नारायणगढ जेसीजका सह–सचिव जेसी साजन अधिकारीज्यू रहनु भएको थियो।

विगतका वर्षहरूदेखि निरन्तर रूपमा माघे संक्रान्ति मेलाको अवसरमा आयोजना हुँदै आएको यस कार्यक्रमले यस वर्ष पनि देवघाटधाम पुग्ने हजारौँ भक्तजन तथा तीर्थालुहरूलाई चिसो मौसममा न्यानो अनुभूति गराउँदै सामाजिक सेवाको उदाहरण प्रस्तुत गरेको नारायणगढ जेसीजले जनाएको छ।

JCI News Archive