२०८२ साल मंसीर ४ गते बिहीबारका दिन दमक जेसीजको आयोजनामा जेसीज सप्ताह २०२५ अन्तर्गत चौथो दिनको पांचौ कार्यक्रम ‘CHILDREN HEALTH CAMP ’ कार्यक्रम दमक-९ स्थित अनाथ बाल आश्रममा आश्रमका सन्चालक समिति अध्यक्ष आदरणीय मन्दरा चिमरिया पौडेलज्यूको प्रमुख आतिथ्यता साथै दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूको अध्यक्षतामा सम्पन्न भयो।कार्यक्रम बिश्व वाल दिवसको अवसर पारेर ॐ शान्ति डेन्टल हस्पिटल र बिर्ता ज्योति आंखा अस्पताल दमकको सहकार्यमा आश्रमका ३५ जना बालबालिकाहरू र हिमाली टोल बिकास संस्था दमक-९ का १० जना गरि ४५ जना भन्दा बढीको दन्त र आंखा परिक्षण गरिएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि दमक नपा वडा नं ९ का जनप्रतिनिधि आदरणीय नरेश बन्जराज्यू, अतिथिहरू अनाथ बाल आश्रमका सचिब आदरणीय दुर्गा खनाल काफ्लेज्यू र कोषाध्यक्ष मेनुका बुढाथोकीज्यू, ॐ शान्ति डेण्टल हस्पिटलका सन्चालक आदरणीय कमल गैरेज्यू तथा डेन्टल सर्जन डा.काश्मी श्रेष्ठ र डा.टंक न्यौपानेज्यू, बिर्ताज्योति अस्पतालका लीलानाथ फुयांल र डुरी दासज्यू, दमक जेसीजका पूर्ब अध्यक्ष तथा बोर्ड अफ ट्रष्टिजका अध्यक्ष आदरणीय गन्ज बहादुर दाहालज्यू, जेसीआई सिनेटर राज कुमार भट्टराईज्यू, सिनेटर मैना दाहालज्यू, संचारकर्मी सुजन गौतमज्यू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जेसीज सप्ताह २०२५का मूल संयोजक दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी रूबल अधिकारी र आजको कार्यक्रमका संयोजक जेसी सरिता आचार्यको संयोजकत्वमा भएको थियो भने उपाध्यक्ष जेसी धर्म ढुगांनाले जेसीज आस्था पाठ बाचन गर्नुभएको थियो। यसरी आजको कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।
_1763684474.jpeg)
जेसी राजेन्द्र बिमली जेसी सहदेब भट्टराई
महासचिब,दमक जेसीज अध्यक्ष