“Skill and Opportunities : A New Era Begins” भन्ने नाराका साथ अघि बढिरहेको पर्वत जेसीजले भाद्र २४ गते कुश्माको लोकतन्त्र चौकमा आयोजना गरेको खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
यस अभियानमा ३० युनिट रक्त संकलन गरिएको छ। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, पर्वत शाखाको प्राविधिक सहयोग प्राप्त भएको थियो। साथै, यहाँको रक्त सञ्चय केन्द्रको संग्रह क्षमता ३० युनिट मात्र रहेकाले संकलन त्यत्तिमै सीमित गरिएको हो।
देशभर नयाँ पुस्ता (Gen Z) को आन्दोलनमा घाइते भएका युवाहरूलाई तत्काल विशेष रक्तको आवश्यकता रहेको अवस्थामा, यो रक्तदान अभियान समयानुकूल मात्र नभई जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित मानवीय कदम बनेको छ।
पर्वत जेसीजका पदाधिकारीहरूले भने:
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो। यही हाम्रो आस्था हो, यही हाम्रो मार्गदर्शन हो। आज संकलित ३० युनिट रक्त केवल संख्यात्मक उपलब्धि होइन, जीवन रक्षाको महान् योगदान हो।”
कार्यक्रममा युवाहरू, सामाजिक अभियन्ता, व्यवसायी, महिला तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सबै मिलेर गरेको यो योगदानले रक्तदान मात्र होइन, “एकता, मानवीयता र जेसीजको सामाजिक आस्था” प्रकट गरेको छ।