त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत छैठौ दिन "Effective Public Speaking Training" २०८२ भाद्र २२ गते आईतवार घोराही स्थित दिपशिखा क्याम्पसमा सम्पन्न भएको छ। त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक रावत (अनन्त)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डे र प्रमुख प्रशिक्षकको रुपमा त्रिभुवननगर जेसीजका पूर्ब अध्यक्ष निशानत आचार्य रहनुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष भोलानाथ अधिकारि, क्याम्पस प्रमुख प्रतिक राज बस्नेत, दाङ लेडीकी अध्यक्ष अनिता ढकालले महत्वपूर्ण भनाइ राख्नुभएको थियो । जेसी बिबेक देबकोटाको आस्थापाठ अगुवाई, जेसी गणेश ओलीको मिसन भिजन वाचन, कार्यक्रम संयोजक जेसी प्रेमलाल न्यौपानेको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।