निरुपित राष्ट्रिय उपाध्यक्ष बनियाँको शाखा भ्रमणमा राजविराज जेसिज अध्यक्ष रवी कुमार रायको सहभागिता, लहान सिटी र उदयपुर जेसिजद्वारा भव्य स्वागत तथा सम्मान

2026-04-16


राजविराज/लहान/उदयपुर, वैशाख ०२ गते — नेपाल जेसीज अन्तर्गत निरुपित राष्ट्रिय उपाध्यक्ष देबु बानियाँको लहान सिटी जेसिज र उदयपुर जेसिजको शाखा भ्रमण कार्यक्रममा राजविराज जेसीजका अध्यक्ष जेसी रवी कुमार रायको समेत सहभागिता रहेको थियो।
लहान सिटी जेसिजमा आयोजित कार्यक्रममा अध्यक्ष बमचन्द्र चौधरीले राजविराज जेसिज अध्यक्ष रवी कुमार राय, गोलबजार जेसीजका अध्यक्ष राहुल साह, राजविराज जेसीजका सचिव पन्कज यादव सहित पदाधिकारीहरूले निरुपित राष्ट्रिय उपाध्यक्ष देबु बनियाँलाई स्वागत गरेका थिए।
त्यसैगरी उदयपुर जेसिजमा आयोजित कार्यक्रममा अध्यक्ष ब्रहमदेव महतोले लहान सिटी जेसिजका अध्यक्ष बमचन्द्र चौधरी, राजविराज जेसिज अध्यक्ष रवी कुमार राय, गोलबजार जेसीजका अध्यक्ष राहुल साह, राजविराज जेसीजका सचिव पन्कज यादव सहित पदाधिकारीहरूले निरुपित राष्ट्रिय उपाध्यक्ष देबु बनियाँलाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा विभिन्न शाखाका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा नेतृत्व विकास, संगठन विस्तार तथा जेसिज अभियानलाई अझ सशक्त बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो।
शाखा भ्रमण कार्यक्रमले स्थानीय स्तरमा जेसिज गतिविधि सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै उहाँले युवाहरूलाई नेतृत्व विकास र समाजसेवामा सक्रिय हुन आग्रह गर्नुभयो।
शाखा भ्रमण कार्यक्रमले विभिन्न जेसिज शाखाबीच समन्वय, अनुभव आदान–प्रदान तथा आपसी सम्बन्ध थप सुदृढ बनाएको आयोजकहरूले बताएका छन्।

JCI News Archive