म्याग्दी जेसीजले चाङ्गामा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न

2026-03-28

म्याग्दीको मंगला गाउँपालिका वडा नम्वर ५ मा अवस्थित चाङ्गामा म्याग्दी जेसिजले पर्यटन वोर्ड राखेको छ । 


समुन्द्री सतहदेखि २ हजार २ सय मिटरमा अवस्थित सुन्दर पर्यटकीय स्थल चाङ्गा धुरीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शनिवार विहान जेसिजको टोलीले पर्यटन वोर्ड स्थापना गरेको हो । 


उक्त वोर्डको म्याग्दी जेसिजका पूर्व अध्यक्ष विरेन्द्र श्रेष्ठ र मंगला गाउँपालिका ५ का वडा सदस्य दिल बहादुर थापाले अनावरण गर्नुभएको हो । 


जिल्लाको पर्यटकीय स्थलहरुको प्रचारप्रसार स्वरुप पर्यटन वोर्ड राख्ने जेसिजको वार्षिक कार्यक्रम अनुसार यस वर्ष चाङ्गामा कार्यक्रम गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश विश्वकर्माले बताउनुभयो । पछिल्लो समय चाङ्गा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

JCI News Archive