दमक जेसिजको जेसिज सप्ताह २०२४ अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम श्री सरस्वती आधारभूत विद्यालय दमक २ बेलडाँगी मा सम्पन्न भएको छ। लायन्स क्लब अफ दमक हेल्पङ हार्ट सँगको सहकार्यमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर २ वडाध्यक्ष प्रजापति सापकोटा रहनुभएको थियो। कार्यक्रममा लायन्स लिडर तथा दमक जेसिज का पूर्व अध्यक्ष नेत्रप्रसाद चम्लागाईंज्यूले राज्यले पुस्तक दिने तर कपी र अन्य शैक्षिक सामग्री उपलब्ध नगराउने भएकाले जेसिसले उक्त कार्यक्रम आयोजना गरेको बताउनुभयो। लायन्सकर्मी युवराज गजमेर, डिल्ली चापागाईं विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको अध्यक्ष, शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियो। विद्यालयमा अध्ययनरत करिब २५० भन्दा बढी विद्यार्थीहरूका लागि १२०० थान कपी हस्तान्तरण गरिएको थियो। जेसी अजय धिमाल संयोजक रहेको उक्त कार्यक्रम दमक जेसिज का अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो।