मितिः २०७६ माघ ०३ गते शुक्रबार
स्थानः मदनमोहन आश्रीत पुष्परत्न सांस्कृतिक भवन, बेलबारी–१
समयः दिनको १ बजे
कार्यक्रम संयोजकः वर्ष २०१९ का का. उपाध्यक्ष जेसी राजेन्द्र बा. अधिकारी
सभाध्यक्षः बेलबारी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी दिपेन्द्र खुलाल
प्रमुख अतिथिः बेलबारी न.पा. का नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदी
विशेष अतिथिः सुन्दरहरैंचा न.पा. का नगर प्रमुख श्री शिव प्रसाद ढकाल
विशिष्ट अतिथिः बेलबारीी नगरका उप प्रमुख श्री ढाकाकुमारी पराजुली
विशिष्ट अतिथिः नेपाल जेसीज वर्ष २०२० का निरुपित उपाध्यक्ष जेसी कृष्ण सापकोटा
कार्यक्रमको संक्षिप्त विवरणः
बेलबारी जेसीज वर्ष २०२० को पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम मिति २०७६ माघ ०३ गते शुक्रबारका दिन बेलबारी न.पा. वडा नं. १ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा सम्पन्न भयो । उक्त कार्यक्रम सञ्चालन वर्ष २०१९ का महासचिव कोषराज श्रेष्ठ (बाबुराम) ले गर्नुभएको थियो । उक्त कार्यक्रमको संयोजक वर्ष २०१९ का.का. उपाध्यक्ष जेसी राजेन्द्र बहादुर अधिकारी रहनु भएको थियो । निर्धारित समयमै सुरु भएको कार्यक्रममा बेलबारी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी दिपेन्द्र खुलालको सभापतित्व पछि बेलबारी जेसीज वर्ष २०२० का कार्यसमितिका पदाधिकारीहरुको आसन ग्रहण गराईएको थियो । उक्त कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालय, पत्रकार, समाजसेवी, राजनितिकर्मी, बुद्धिजिवीहरुको आसन ग्रहण पछि बेलबारी जेसीजका एकमात्र मानार्थ सदस्य जेसी केदार अधिकारी, मातृशाखा इन्द्रपुर जेसीजका अध्यक्ष भुवन ढकाल, बेलबारी जेसीजका निवर्तमान अध्यक्ष राजन प्रसाईं, संस्थापक अध्यक्ष माधवराज थापा लगायतको आसन ग्रहण गराईएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेलबारी न.पा.का नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदी, विशेष अतिथि सुन्दरहरैंचा न.पा.का नगर प्रमुख श्री शिव प्रसाद ढकाल, विशिष्ट अतिथिका रुपमा बेलबारी न.पा. का उप प्रमुख ढाका कुमारी पराजुली, नेपाल जेसीज वर्ष २०२० का निरुपित उपाध्यक्ष जेसी कृष्ण सापकोटाको गरिमामय उपस्थिति भएको थियो ।
उद्घाटन सत्रको कार्यक्रम पश्चात २०१९ का महासचिव कोषराज श्रेष्ठ(बाबुराम) ले आफ्नो कार्यकालको अन्त्यको घोषणा सगैं बेलबारी जेसीजक ा निवर्तमान अध्यक्ष एवम् प्रमुख निर्वाचन आयुक्त राजन प्रसाईंलाई फ्लोर हस्तान्त्ररण गरिएको थियो । उक्त दोश्रो खण्डको पहिलो कार्यक्रममा बेलबारी जेसीजका संरक्षक रहेको उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार बेलबारी जेसीज वर्ष २०१९ का उपाध्यक्ष जेसी भुवन कार्की, संस्थापक अध्यक्ष संरक्षक रहनुभएको सक्रिय जेसीज अर्वाड बेलबारी जेसीज वर्ष २०१९ का शाखा सम्पादक जेसी निकेश प्रसाईं, निवर्तमान अध्यक्ष संरक्षक रहनुभएको सक्रिय खेलकुद पुरस्कार बेलबारी न.पा.का २ जना उदयमान खेलाडी लाई वितरण गरिएको थियो भने बेलबारी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी दिपेन्द्र खुलाल संरक्षक रहनुभएको इगतकतबलमष्लन एभचायचmभच या तजभ थभबच पुरस्कार बेलबारी जेसीज वर्ष २०१९ का महिला शसक्तिकरण संयोजक जेसी सुनिता कुमारी तिवारी हुमाँगाईंलाई प्रदान गरिएको थियो । उक्त पुरस्कार वितरण बेलबारी जेसीजका संस्थापक अध्यक्ष जेसी माधवराज थापाले गर्नुभएको थियो । त्यसपछि निर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको थियो । बेलबारी जेसीज वर्ष २०२० का निर्वाचित डाईनामिक लिडर जेसी राजेश खत्रीको संक्षिप्त जीवनी भिडियो मार्फत देखाईएको थियो । तब बेलबारी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी दिपेन्द्र खुलालले नवनिर्वाचित अध्यक्षलाई सपथ खुवाईसकेपछि उहाँले आफ्नो अन्तिम अध्यक्ष मन्तव्य राख्नुभएको थियो । उक्त मन्तव्यमा निकै भावुक हुनुभएका अध्यक्षले आफ्नो नेतृत्वमा वर्ष २०१९ मा भएका विभिन्न कार्यक्रमका बारेमा भिडियो मार्फत जानकारी गराउनुभएको थियो भने बेलबारी जेसीज वर्ष २०१९ मा नेपाल जेसीजबाट २ चोटी पुरस्कृत भएको जानकारी गराउनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष जेसी राजेश खत्रीले आफ्नो बोर्डलाई पुरा गर्न विभिन्न पदमा मनोनयन गर्नुभएको थियो र बेलबारी जेसीज वर्ष २०२० का दाहिने हातका रुपमा अध्यक्षले महासचिव पदमा जेसी भुवन कार्कीलाई मनोनयन गर्नुभयो । उपस्थित सम्पूर्ण अतिथिगणबाट नवनिर्वाचित अध्यक्षलाई बधाई तथा सफल कार्याकालको शुभकामना प्रदान गरिएको थियो। त्यसपछि नवनिर्वाचित अध्यक्षको अध्यक्ष मन्तव्य सहित कार्यक्रमको समापन भएको थियो ।
समापन पश्चात शान्त भोजमा सम्पूर्ण उपस्थित महानुभावहरुको गरिमामय उपस्थित रहेको थियो ।