नेपालगञ्ज जेसीज सप्ताह २०२६

2026-04-21

नेपालगञ्ज जेसीज सप्ताह २०२६

मिति: २०८३ वैशाख ५ गते


नेपालगञ्ज जेसीज सप्ताह २०२६ अन्तर्गत दोस्रो कार्यक्रम “सन्तानेश्वर स्वागत बोर्ड मर्मत तथा सरसफाई कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ।


करिब ५ किलोमिटर लामो पहाडी पैदल बाटो (सन्तानेश्वर मन्दिर जाने मार्ग) मा फैलिएका प्लास्टिकजन्य फोहरहरू संकलन तथा सरसफाई गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याइएको छ। साथै, नेपालगञ्ज जेसीजले स्थापना गरेको सन्तानेश्वर स्वागत बोर्डको मर्मत तथा सरसफाई समेत गरिएको छ।


कार्यक्रमकै क्रममा सन्तानेश्वर मन्दिरको आश्रममा पानीको अभाव देखिएकोले, जेसी साथीहरूले करिब ७०० मिटर तलबाट झरेर करिब १५० लिटर पानी श्रमदानमार्फत ढुवानी गरी आश्रमसम्म पुर्‍याएका छन्।


यस पुण्य कार्यमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण जेसीज सदस्यज्यूहरू, सहयोगी हातहरू तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

समाज परिवर्तनका लागि निरन्तर अग्रसर रहने प्रतिबद्धतासहित...


नेपालगञ्ज जेसीज

Developing Leaders for  a Changing World

Revive Reunite Reform

#nepalgunjjaycees2026

JCI News Archive