रामपुर जेसिज वर्ष २०२६ को प्रथम बोर्ड बैठक सम्पन्न

2026-03-14

 रामपुर जेसिज २०२६ को प्रथम बोर्ड बैठक सम्पन्न भएको छ। बैठक रामपुर भ्यू रिसोर्टमा सम्पन्न भएको हो।

बैठकमा वर्ष २०२६ का लागि निर्धारित थिम “Think. Link. Lead.” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। अध्यक्ष Jc छम बहादुर दरै को अध्यक्षतामा सम्पन्न बैठकमा संगठन सुदृढीकरण, नेतृत्व विकास, सामुदायिक सेवा तथा सदस्यहरूको क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको छ।

बैठकमा वर्षभर सञ्चालन हुने कार्यक्रमहरूको प्रारम्भिक कार्ययोजना प्रस्तुत गर्दै विभिन्न क्षेत्रगत जिम्मेवारीहरू उपाध्यक्षहरूलाई वितरण गरिएको थियो। साथै संस्थाको उद्देश्य अनुसार युवा नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

बैठकमा संस्थापक अध्यक्ष शंकर खांण,  गल्यांग जेसिज वर्ष २०२१ का अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०२६ का तालिम कोषाध्यक्ष गोपीकृष्ण रेग्मी, बोर्ड सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

JCI News Archive