त्रिभुवननगर जेसीजले आयोजना गरेको ट्रेनिङ्ग म्याराथन २०२५ अन्तर्गत तेस्रो दिन "Dream to Startup Training" २०८२ भाद्र १८ गते बुधबार घोराही स्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा सम्पन्न भएको छ। त्रिभुवननगर जेसीज वर्ष २०२५का अध्यक्ष टंक बहादुर रावत अनन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोख्रेल र प्रमुख प्रशिक्षक मालाइन होटलका संचालक सफल युवा व्यवसायी ओबिन्द्र बहादुर महरा रहनुभएको थियो । कार्यक्रममा समग्र जेसीज र ट्रेनिङ्ग म्याराथन सन्दर्भमा सम्बोधन पूर्व अध्यक्ष माधव प्रसाद पौडेल, सान्दर्भिक मन्तव्य सहायक क्याम्पस प्रमुख कुल बिर चौधरी र प्रमुख अतिथिय सम्बोधन विपुल पोख्रेलले राख्नुभएको थियो । जेसी गणेश वलीको आस्थापाठ अगुवाई, जेसी अभिषेक बोहराको मिसन भिजन वाचन, कार्यक्रम संयोजक जेसी खिमराज भण्डारीको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महासचिव कृष्ण देव थापाले गर्नुभएको थियो ।