लमजुङ जेसीजले गर्यो सम्झाैता जेसीजका सदस्यलाई फाईदै फाईदा

2025-02-14

मर्स्याङ्दी समाचार, २ फागुन
लमजुङ जेसीजले आफ्नो १५ ओैं स्थापना दिवसको अवसरमा विभिन्न व्यपारिक क्षेत्रमा व्यवसाय गर्दै आएका व्यपारीहरु संग छुट्टा छुट्टै सम्झौता गरेको छ । विहिबार एक कार्यक्रमका बिच ६ जना व्यवसायिक सञ्चालकहरुसँग समन्वय गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 


जेसीजका सदस्यहरु र जेसीजमा आवद्ध व्यक्तिहरुका लागि र विभिन्न कार्यक्रहरू गर्दा आवश्यक पर्ने सामानमा छुट सुविधाको लागि सम्झौता गरिएको हो । जसमध्ये गेटवे हिमालयन रिर्सोटमा खानामा दश प्रतिशत छुट र होटलमा आउने पाहुनाको लागि २० प्रतिशत छुट दिने भएको छ भने न्यु भिजन इन्टरप्राइजेजमा जेसीजको सिफारिसमा आएका व्यक्तिहरुलाई खाद्यान्नमा ३ देखि ५ प्रतिशत छुट दिइनेछ । यसैगरि परिवार बेकरीमा जेसीजको सदस्यलाई १० प्रतिशत छुट र जेसीज कार्यक्रम गर्दा २० प्रतिशत छुटमा केक प्रदान गरिने सहमति भएको लजमुङ जेसीज २०२५ का अध्यक्ष प्रतिजंग तामाङले जानकारी दिनुभयो । 


जेसीजको सदस्य एवं जेसीजमा आवद्ध व्यक्तिहरुका लागि मोडेल सिटि हस्पिटल प्रा.लि मा विशेषज्ञ सेवा बाहेक एक्सरे, इसिजि, ल्याब अन्र्तगत १० प्रतिशत, भर्ना हुँदा २० प्रतिशत छुट र औषधीमा ५-८ प्रतिशत छुट दिइने भएको छ । अध्यक्ष तामाङका अनुसार सम्पदा अंकित पसलबाट सामान खरिदमा १५ देखि २० प्रतिशत सम्म छुट दिने सहमति भएको छ । 


यसैगरि पि.डि.एस सर्भर नेटर्वकमा जेसीजमा आवद्ध र सदस्यहरुले नयाँ जडानमा २० प्रतिशत र विविध शुल्कहरूमा १० प्रतिशत छुट दिने सहमति भएको लमजुङ जेसीज बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष खुशीमाया गुरुङले बताउनु भयो । 


व्यापारिक प्रवद्र्धनका लागि जेसीजले बेसीशहरस्थित विभिन्न क्षेत्रका व्यवसायहरु संग सम्झौता गरेको जनाएको छ । यसले जेसीजका गतिविधिमा थप सहयोग पुग्ने अपेक्षा लिइएको अध्यक्ष तामाङको भनाई छ । गेटवे हिमालयन रिर्सोटमा भएको सम्झौता कार्यक्रमको सहजिकरण निर्वतमान अध्यक्ष सन्तोष श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा जेसीजका पुर्वअध्यक्षहरु, महासचिव, उपाध्यक्ष, पदाधिकारीहरु लगायत बजारका व्यावसायीहरुको उपस्थिती थियो ।

JCI News Archive