मिति २०८१ चैत्र १४ गते लहान सिटी
जेसीज बर्ष २०२५ ले अन्तरास्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ठ महिला सम्मान कार्यक्रम
सम्पन्न गरेको छ । कार्यक्रम लहान सिटी जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी देवन लाल
ठाकुरज्यूको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य माननीय ललिता दासज्यूको प्रमुख
आतिथ्यता मा लहान ३ स्थित रोयल सफटेक कलेजमा उत्कृष्ठ महिला सम्मान कार्यक्रम गरिएको थियो। कार्यक्रममा महिनावारी स्वच्छता तथा
क्यान्सर सम्बन्धि सचेतना कार्यक्रमको प्रशिक्षकको रुपमा रहनु भएका डा. राखी साह, प्रादेशिक
अस्पताल लहानका स्टाफ नर्स सोनी शर्मा, नगर स्वम सेविका अध्यक्ष माधुरी कर्ण, रोयल
सफटेक कलेजका संस्थापक अध्यक्ष रेणु देवी साह तथा मधेश प्रदेश सभा सदस्य तथा प्रदेश
सभा माननीय ललिता दसज्यूलाइ गम्छा ओढाई सम्मान
पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । सिटी जेसीजका बोर्ड पदाधिकारीहरु,
पुर्व अध्यक्षज्यूहरुको उपस्थिति रहेको कार्यक्रमको संयोजक जेसी प्राची साह रहेको
थियो भने कार्यक्रम संचालन महासचिब जेसी बमचन्द्र चौधरीले गरेको थियो ।