कार्तिक ८, मानबताको सेवा जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसीजको आस्थालाई सिरोधार्य गर्दै सैनामैना जेसीज बर्ष २०२० ले बडा दसैको अबसर पारेर बुटवल स्थित मानब सेवा आश्रम मा त्यहा रहेका करिब ६० जनालाई प्रत्यक्ष रुपमा उपस्थित भइ एकदिनको खाना खुवाइयो । यस्तो विषम परिस्थितिमा दसैं मनाउने केहि रुपैयाँ त्यहा रहेका अनाथ, घरबार बिहीन, मानसिक रुपमा अस्वस्थ ब्यत्तिहरुका लागि खर्च गरिएको हो । त्यस अबसरमा सैनामैना जेसीजका अध्यक्ष, महासचिव, कार्यकारिणी उपाध्यक्ष लगायतका साथिहरुको उपस्थिति थियोे ।