विर्तामोड । बीरता लेडी जेसीजको अगुवाइमा विभिन्न संस्थाका सदस्य तथा पदाधिकारी सम्मिलित र्यालीले कोरोना भाइरसबारे जनचेतना जगाउने काम गरेको छ।
बुधबार झापाको विर्तामोडमा आयोजित कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघ तथा सामुदाय-प्रहरी साझेदारी कार्यक्रमका पदाधिकारीहरु, विभिन्न कलेजका विद्यार्थीहरुले सडकमा निस्केर नोवल कोरोना भाइरसबारे जानकारी उल्लेख गरिएका ब्रोसर वितरण गरेका थिए।
कार्यक्रममा बिएण्डसी अस्पतालका फिजिसियन डा. लक्ष्मण ठाकुरले चीनको उहान शहरबाट फैलिएको उक्त भाइरसको संक्रमण भएपछि मानिसको मृत्यु हुने दर दुई प्रतिशत मात्र भएकाले त्यति आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए।
तर कोरोना भाइरसबारे सचेत रहन र रुगा तथा ज्वरो आए चिकित्सककहाँ गएर परामर्श लिन उनले आग्रह गरे। कार्यक्रम बीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेलको अध्यक्षतामा भएको थियो