भद्रपुर, १२ फाल्गुण । शाखा भ्रमणका क्रममा भद्रपुर जेसीज आउनु भएका नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष ,भद्रपुर जेसीजको निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापालाई स्वागत तथा सम्मान गरीएको छ।
भद्रपुर जेसीजका अध्यक्ष जेसी खिलनाथ पाण्डे (निकाश) को अध्यक्षतामा मंगलवार सम्पन्न भएको कार्यक्रममा भद्रपुर जेसीजका पूर्व अध्यक्षहरु जेसी लोकनाथ भट्टराई, जेसी हरी पोख्रेल, जेसी वसन्त पोख्रेल, जेसी किरण खतिवडा,जेसी अभिषेक ढुंगानाका साथै बोर्डका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष जेसी रजनी थापा,भद्रपुर जेसीज पुर्व अध्यक्ष लोकनाथ भट्टराई,निर्तमान अध्यक्ष जेसी डिल्लीराम पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य जेसी अरिफ अलिले राख्नु भएको थियो । कार्यक्रम जेसीज सचिवालयमा सम्पन्न भएको थियो ।कार्यक्रममा आस्था वाचन जेसी युवराज न्योपाने गर्नुभएको थियो भने संचालन महासचिव जेसी मनाेज भट्टराईले गर्नु भएकाे थियाे। ।