‘LEADERSHIP & PERSONALITY DEVELOPMENT TRAINING’

2025-04-04

२०८१ साल चैत्र १२ गते मंगलबारका दिन दमक जेसीजको आयोजना तथा दमक नगरपालिकाको सहकार्यमा ‘LEADERSHIP & PERSONALLY DEVELOPMENT TRAINING’ कार्यक्रम आस्था कलेज अफ मेनेजमेन्ट दमकको सभा हलमा दमक नगरपालिकाका कार्यबाहक नगरप्रमुख आदर्णिय भीम प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो ।कार्यक्रमको अध्यक्षता दमक जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईज्यूले गर्नुभएको थियो ।कार्यक्रममा बिशेष अतिथि दमक नपाको सामाजिक बिकास समिति संयोजक तथा कार्यपालिका सदस्य आदरणीय शारदा भट्टराईज्यू, अतिथिहरू आस्था कलेज अफ मेनेजमेन्टका अध्यक्ष बलभद्र कोइरालाज्यू, एकता एकेडेमीका अध्यक्ष टंक सिटौलाज्यू, आस्था कलेजका सहायक क्याम्पस प्रमुख टिकाराम अधिकारीज्यू, दमक नपा सामाजिक बिकास शाखाका अधिकृत केशब प्रसाद प्रसाईज्यू, चन्द्रसूर्य सिप बिकास संस्थाका प्रबन्धक बिष्णु प्र.अधिकारीज्यू, दमक नपा ७ नं वडाका वडासदस्य जेसी अतित बान्तावा राई्ज्यू, दमक जेसीजका पूर्ब अध्यक्षहरू  जेसी कमल कट्वालज्यू, जेसी नरेन्द्र बरालज्यू, जेसी नित्यनन्द ताजपुरियाज्यू, जेसिआई सिनेटर घनश्याम कोईरालाज्यू, जेसी गोबिन्दराज कट्टेलज्यू तथा निबर्तमान अध्यक्ष जेसी रामचन्द्र अधिकारीज्यू लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख प्रशिक्षक गौरादह जेसीजका निबर्तमान अध्यक्ष तथा नेपाल जेसीज बर्ष २०२५ का Area A Training Coordinator जेसी खड्ग थापाज्यूले आस्था कलेज बिबिएस प्रथम बर्षका ८५ जनाभन्दा बढी  बिध्यार्थीहरूलाई प्रशिक्षण गराउनुभएको थियो। कार्यक्रम दमक जेसीजका तालिम निर्देशक जेसी कृष्ण भट्टराईको संयोजकत्वमा भएको थियो भने कोषाध्यक्ष जेसी सरोज ढकालले जेसीज आस्था बाचन गर्नुभएको थियो । यसरी आजको तालिम कार्यक्रम सफलतापूर्बक सम्पन्न गरी समापन गरियो ।

 




                                                                                        Sign and Stamp of LOM:                                                                                   Jc Rajendra Bimali    

                                                                                                          (Secretary General, JCI Damak2025)

 

JCI News Archive