राजविराज जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ अन्तर्गत २०७९ फाल्गुन ३ गते राजविराज जेसीज भवनमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । हाजिरी जवाफ प्रतियगितामा राजविराज नगरपालिका क्षेत्रभित्र रहेका ८ वटा विद्यालयका १६ जना छात्र छात्राहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा ह्यापिल्यान्ड सेकेन्ड्री स्कुल, जानकी सेकेन्ड्री स्कुल, केशो अनिरुद्धवती माध्यमिक विद्यालय, शिव इन्टरनेसनल स्कुल, राजदेवी माध्यमिक विद्यालय, पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, नरेन्द्र मेमोरियल माध्यमिक विद्यालय तथा दुर्गा सेकेन्ड्री स्कुलमा अध्ययनरत छात्र छात्राहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा ह्यापिल्यान्ड सेकेन्ड्री स्कुल, जानकी सेकेन्ड्री स्कुल र केशो अनिरुद्धवती माध्यमिक विद्यालय क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो ।
राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षता तथा वर्ष २०२० की अध्यक्ष जेसी नानीमैया कटवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कानुनी सल्लाहकार जेसी विप्लव आनन्द, महासचिव जेसी रवि राय, कोषाध्यक्ष जेसी पंकज कुमार देव र उपाध्यक्षद्वय जेसी होमेश काबरा र जेसी किरण कुमार साहको उपस्थिति रहेको थियो ।
विजेताहरूलाई पुरस्कार सहित सम्पूर्ण सहभागी विद्यार्थी तथा विद्यालयलाई प्रमाण पत्र वितरण गरिएको थियो । आजको प्रतियोगिताको विजेताहरूको पुरस्कारको प्रायोजक मिथिला पुस्तक भण्डारका प्रोप्राइटर इनरदेव यादव रहेका थिए ।