LOM Officer and Parliamentary Procedure Training

2026-03-01

सन् २००२ मा स्थापित भई १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको अन्तर्निहित क्षमता प्रस्फुटन गरी व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्दै सकारात्मक चिन्तन सहित विभिन्न कार्यक्रम एवं अभियान मार्फत व्यक्तित्व विकास र सामाजिक रूपान्तरणको लागि सक्षम युवा जनशक्तिलाई समाज र राष्ट्रको प्रगतिको लागि हस्तान्तरण गर्ने उद्देश्य सहित यस संस्थाले स्थापना कालदेखि नै मूल्य मान्यता आस्था र सिद्धान्त अनुसार विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको यहाँलाई अवगत नै छ साथै नेपाल जेसिज २०२६ को प्रकरण "Aim Act Achieve" अभियानलाई सार्थक परिमाण सहित सफल उत्कृष्ट एवं उपलब्धिमूलक बनाउने उद्देश्यका साथ मिति २०८२ फाल्गुन ६ गतेका दिन LOM Officer and Parliamentary Procedure Training  सम्पन्न गरिएको थियो। यस कार्यक्रमको संयोजकको भूमिका लेटाङ जेसिजका तालिम संयोजक साथै सभाध्यक्षको भूमिका लेटाङ जेसिज वर्ष २०२६की अध्यक्ष जेसी संगीता श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षक को भूमिका निर्वाह गरिदिनुभएकोमा नेपाल जेसिज वर्ष २०११का पूर्व राष्ट्रिय उपाध्यक्ष साथै लेटाङ जेसिजका पूर्वाध्यक्ष ज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं। यसैगरी हामीलाई सहयोग गर्नुहुन्छ भन्ने आशा विश्वास र भरोसा राखेका छौं धन्यवाद जय जेसिज।


JCI News Archive