राजविराज, वैशाख — राजविराज जेसीजको आयोजनामा सप्तरीस्थित पवित्र छिन्नमस्ता भगवती शक्तिपीठ, सखडा मा आगमन हुने तीर्थालु भक्तजनहरूलाई स्वागत तथा सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रम राजविराज जेसीजका अध्यक्ष जेसी रवी कुमार रायको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शक्तिपीठका पिठाधीश महाकान्त ठाकुर, छिन्नमस्ता गाउँपालिकाका नेता तथा समाजसेवी जय प्रकाश यादव लगायतको गरिमामय उपस्थिति रहेको थियो।
साथै राजविराज जेसीजका सचिव जेसी पंकज यादव, तालिम संयोजक जेसी रयन राय तथा सदस्यहरू सुमित यादव र मनिष भाई लगायत सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम अन्तर्गत झापा जिल्ला भद्रपुर लगायत विभिन्न जिल्लाका तीर्थालु भक्तजनहरूलाई आत्मीय स्वागत गर्दै सम्मान गरिएको थियो। सहभागीहरूले सेवा भाव, सद्भाव तथा धार्मिक आस्थालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताएका छन्।
राजविराज जेसीजले समाजसेवा तथा धार्मिक पर्यटन प्रवर्द्धनलाई जोड दिँदै यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा समेत निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले धार्मिक स्थलमा आउने भक्तजनहरूमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।